सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनको मुल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार तेजावी सुनको मुल्य तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस