नेपालमा ८ हजार १७ संक्रमित थपिए, ५ हजार २९२ जना निकाे भए

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना डिस्चार्ज भएका छन् भने मृत्यु १५ जनाको भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस