‘ओमिक्रोन भेरियन्ट लामो समयसम्म छालामा जीवितै रहन्छ’

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ। जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएकाे हाे।

जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ वुहान भाइरस र सबै भेरियन्ट अफ कन्सर्न (भीओसी) बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए।

समीक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालामा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ। सोही कारण अन्य भेरियन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ।

भेरियन्ट अफ कन्सर्नमध्ये ओमिक्रोनको उच्च पर्यावरणीय स्थितरता रहेको यस अध्ययनले देखाएको वैज्ञानिकहरुले बताएका छन् ।

ओमिक्रोन प्लाष्टिकको सतहमा १९३ दशमलब ५ घन्टा र छालामा २१ दशमवलब १ घन्टा रहन सक्ने अध्ययनले देखाएको छ। जबकी मौलिक संक्रमण र अल्फा, बिटा, गामा, डेल्टा जस्ता अन्य भेरियन्ट क्रमशः ५६ घन्टा, १९१.३ घन्टा, १५६.६ घन्टा, ५९.३ र ११४ घन्टासम्म प्लाष्टिकमा जीवितै रहने अध्ययनको निस्कर्ष छ।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस