जाडो मौसममा पनि सागपातको सेवन किन गर्ने ?

काठमाडौँ । जाडो मौसमलाई खानाको हिसाबले राजा मानिन्छ । तर के तपाईलाई थाहा छ चिसो मौसममा तपाईको स्वास्थ्यमा सुधार गर्ने सागसब्जी एकदमै फरक प्रकारमा पाइन्छ । चिसो मौसममा सागलाई विभिन्न प्रकारले सेवन गर्न सकिन्छ र स्वास्थ्य र सौन्दर्य दुवै वृद्धि गर्न सक्नुहुन्छ ।

अनुहारलाई चम्किलो बनाउँछ
सागपातमा भिटामिन ए र सी पाइन्छ जसले छालालाई सफा बनाउन र छालालाई चम्किलो बनाउन मद्दत गर्छ । साथै, यसमा पाइने एन्टिअक्सिडेन्ट गुणले पिम्पल र एक्ने निम्त्याउने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

बुढ्यौली घटाउँछ
हरियो सागमा पाइने एन्टिअक्सिडेन्टले फाइन लाइन र चाउरी पर्नका लागि जिम्मेवार हुने फ्री रेडिकललाई नष्ट गर्न मद्दत गर्छ । फ्री रेडिकलहरूले छालालाई हानि पुर्‍याउँछ, त्यसैले सागले बुढ्यौली प्रक्रियालाई कम गर्न र छालालाई जवान देखाउन मद्दत गर्दछ ।

पेट सफा राख्छ
हरियोले पेट सफा राख्छ । यो धेरै प्रकारका पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। त्यसैले एक कचौरा सागको हरियो पानीले पनि तपाईको स्वास्थ्यमा धेरै परिवर्तन ल्याउन सक्छ । तर हरियाली सधै ताजा रहने प्रयास हुनुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस