काेराेना अपडेटः १ हजार १६७ संक्रमित थपिए, २२४ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमूना परीक्षण गर्दा ११ सय ६७ संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २२४ जना संक्रमित निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री