काठमाडौँ । छिमेकी मुलुक भारतमा हरेक दिन कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा एकै दिन ९ हजार २४९ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २३ राज्यमा ओमिक्रोन भेरिएन्टका १५२५ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै ५६० जना ओमिक्रोन संक्रमित ठिक भएका छन् ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या एक लाख नाघेको छ । अहिले भारतमा एक लाख २२ हजार ८०१ सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८१ हजार ७७० जनाको मृत्यु भएको छ ।
तपाईंको प्रतिकृया




