काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ७ सयले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छ ।
यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२७० मा कारोबार भइरहेको महसंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




