हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । एक जना हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । मादी नगरपालिका—४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका—७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री