कामना सेवा बैंकले सुरु गर्‍यो नेपालपे कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै आफ्ना एटीएममार्फत उक्त कार्ड स्वीकार गर्ने व्यवस्था गरेको हो ।

बैंकका अनुसार नेपालपे कार्डमार्फत नेपालभित्रका विभिन्न एटीएम तथा पीओएस टर्मिनलमा कारोबार गर्न सकिनेछ । साथै, ‘डिस्कभर’ नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्ड अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको छ। अन्तर्राष्ट्रिय डिस्कभर तथा आरयुपे कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ ।

हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन् । तीमध्ये सातवटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप