पार्टीको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेपको आरोप लागेपछि प्रचण्डले गरे खण्डन

काठमाडौं । नेकपा माओवादी केन्द्रका विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा हस्तक्षेप गरेको आरोप लगाइएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खण्डन गरेका छन् । केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा प्रचण्डले हस्तक्षेप गरेको भनेर टिप्पणी गर्न थालेपछि प्रचण्डको सचिवालयले शनिबार बिहान विज्ञप्ति जारी गरी त्यो कुरा झुटो भएको बताएको हो ।

‘हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्, यो एकदम गलत कुरा हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने बेहोरा पनि अवगत गराउँदछौं ।’

सदस्यता नवीकरणबाट शुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी अहिले राष्ट्रिय सम्मेलनको नजिक पुगिएको जानकारी माओवादी केन्द्रले जनाएको छ । यस क्रममा ‘विचार, सिद्धान्त र नीतिमा होइन, नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथि उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सही विचार र राजनितीक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुशरण गर्दै आएको’ दाबी माओवादी केन्द्रले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस