कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान १०:३० बजेदेखि मतगणना शुरु भएको हाे ।

कांग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

निर्वाचन समितिले खुला केन्द्रीय सदस्यका उम्मेदवारलाई आफैं वा आधिकारिक प्रतिनिधि एक जना मतगणनास्थलमा पठाउन भनेको छ । खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ ।

सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो । त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस