फिलिपिन्समा शक्तिशाली ‘राई’ आँधीमा परी १२ को मृत्यु, तीन लाख मानिस विस्थापित

एजेन्सी । फिलिपिन्समा आएको यस वर्षकै सबैभन्दा शक्तिशादी समुद्री ‘राई’ आँधीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार समुद्री आँधीको कारण धेरै रुखहरु ढलेका छन् भने विद्युत् अवरुद्ध भएको छ । त्यस्तै गाउँहरुमा बाढी पसेको छ ।

समुद्री आँधीको कारण अहिलेसम्म तीन लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् । फिलिपिन्सको राष्ट्रिय संकट निवारण एजेन्सीका कार्यकारी निर्देशक रिकार्डो जलादले सियार्गाओ टापुमा सबैभन्दा ठूलो क्षति पुगेको बताएका छन् । यो आँधीको कारण अहिलेसम्म १२ जना मानिसको मृत्यु भएको पुष्टि भएको छ । समुद्री आँधीको कारण धेरै संरचनाहरुमा पनि क्षति पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस