नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम संचालन भएको छ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको सुरुवात सुदुरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ।
उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम संचालन गरिनेसमेत क्यापिटलले जनाएको छ।




