नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन्।
बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफू र आफू प्रति आश्रीत ब्यक्तिलाईसमेत आर्थिक सहयोग पुग्नेछ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने सँगसँगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ।
आफ्नो आय श्रोत अनुसार रु.५० हजारदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागि बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।
यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्नेछ। मुनाफामा सहभागि हुने यस बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफलसमेत प्राप्त हुनेछ ।
जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ।




