नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडद्वारा धितोपत्र बोर्डबारे जानकारीमूलक कार्यक्रम

नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले धितोपत्र बोर्डबारे जानकारीमूलक कार्यक्रम संचालन गरेको छ।

नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७।०९।२७ को निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्थाबारेमा जानकारी दिने र धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ४ गण्डकी प्रदेशबाट सो सम्बन्धि जानकारीमुलक कार्यक्रम संचालन गर्न शुरु गरेको छ।

निकट भविष्यमा देशका सातै प्रदेशमा यस्ता खाले कार्यक्रम संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए।

स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरुसहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ। यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । …

प्रतिकृया दिनुहॊस