इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मे १ ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो। दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

दुर्घटनामा परि अन्य सात घाइते भएका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दुर्घटना भएको हो। सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस