काेराेना अपडेटः २६४ जनामा संक्रमण, ३६२ जना डिस्चार्ज

थप २६४ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार ७ सय ६४ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेकाे छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएसँगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७ हजार ५ सय १६ जना रहेको छ। आज २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९ जना पुगेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस