काेराेना अपडेटः २६४ जनामा संक्रमण, ३६२ जना डिस्चार्ज

थप २६४ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार ७ सय ६४ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेकाे छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएसँगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७ हजार ५ सय १६ जना रहेको छ। आज २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य