कांग्रेसकाे सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसकाे सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान सुरु भएको हो ।

केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेका छन्।

१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिमा प्रत्यासी थिए।

जसमा देउवाले २२५८ मत पाएका थिए । कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए।

देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने जनाएका छन्। यता काेइराला भने एक्लै मैदानमा छन्।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कांग्रेस कार्यसम्पादन समितिले गर्‍यो एमालेसँगको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत …

प्रतिकृया दिनुहॊस