नेप्से परिसूचक १३७ अंकले बढ्याे

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ। मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो।

यसअघि १२:३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ ।

मंगलबार नेप्से १३७ अंकले बढेर २४१८ अंकमा पुगेको छ। यसदिन २२० कम्पनीका ४० लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८४ करोड बराबरको कारोबार भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । …

प्रतिकृया दिनुहॊस