नेपालमा पर्वतारोहणका सम्भावना र चुनौतीहरु

ज्ञानमणि नेपाल कालोटोपी

नेपालमा पर्यटक आकर्षित गर्ने धेरै माध्यमहरु छन् । जसमध्ये ¥याफ्टिङ्ग, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग जस्ता संभावित विषयहरुले पर्यटकहरुलाई लोभ्याइरहेका छन् । यसका अतिरिक्त नेपालमा पर्यटकहरुका लागि पर्वतारोहण पनि एक प्रमुख विषय बन्दै आएको छ । विश्वका धेरै देशका नागरिकहरु नेपालमा पर्वतारोहणकै लागि मात्र भएपनि आउने गरेका छन् । यहाँ रहेका सयौं पर्वत, पहाड र विशेषगरि हिमालहरुले नै उनीहरुको लक्ष्य पनि पूरा गर्दै आएको कुरामा शंका छैन ।
अन्य विषय जस्तै धेरै नै सम्भावना भएपनि नेपालमा पर्वतारोहण व्यवसाय भने निकै पछि देखि मात्र शुरु भएको हो । नेपालको कूल क्षेत्रफल मध्ये १५ प्रतिशत भू–भाग हिमालीभेग अन्र्तगत पर्छ । यसभेगमा विश्वको सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त विश्वकै अग्ला १० हिमाल मध्ये ७ वटा नेपालमै छन् । ८८४८ मिटर मापन भएको विश्वकै उच्च शिखर सगरमाथाले गर्दा नै नेपालमा पर्वतारोहण व्यवसायले गति लिएको हो ।
सगरमाथाकै कुरा गर्ने हो भने सन् १९५३ मे २९ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्यूर्जल्याण्डका नागरिक सरएडमण्ड हिलारीले पहिलो पटक यसको सफल आरोहण गरेका थिए । पटक–पटकको लामो प्रयासपछि मात्र उनीहरुले यो सफलता पाएका हुन् । यो सफलतासँगै उनीहरुको चर्चा पनि सगरमाथा भन्दा उच्च भएको थियो । नेपाली महिलातर्फ वि.सं. ०५० बैशाख १० गते पासाङ्ग ल्याहामो शेर्पाले पहिलो पटक सगरमाथाको शिखर चुमेकी भएपनि फर्कने क्रममा उनको दुखद् निधन भएको थियो । नेपाली नागरिक मध्ये जतिले सगरमाथा आरोहण गरे ती धेरै जसो शेर्पा जाती नै छन् । यसर्थ उनीहरु हिमाल चढ्नमा निकै सिपालु हुन्छन् भन्न सकिन्छ । त्यस यता गत वर्ष सम्म ४ हजार ४२८ जना पर्वतारोहिहरुले सगरमाथामा आफ्नो पाइला राखिसकेका छन् । हुन त यो संख्यामा एकपटक भन्दा धेरै आरोहण गर्नेहरुको संख्या दोहोरिएको पनि छ ।
सगरमाथालाई नेपाली नामाकरण गर्ने व्यक्ति इतिहासकार बाबुराम आचार्य हुन् । वि.सं. १९९५ मा उनले राखेको यो नेपाली नाम नै अहिले विश्वमा प्रख्यात छ । जून नेपाल र नेपालीका लागि निकै गर्वको विषय पनि हो । सोलुखुम्बु जिल्लाको खुम्जुङ्गमा पर्ने सगरमाथा आरोहण गर्नका लागि सरकारलाई निश्चित शुल्क तिर्नु पर्छ । जसमा नेपाली नागरिकका लागि ७५ हजार रुपैयाँ र विदेशिहरुका लागि प्रतिव्यक्ति ११ लाख रुपैयाँ सम्म शुल्क तोकिएको छ । स्वदेशी भन्दा पनि विदेशीहरुले सगरमाथा चढ्नका लागि खर्च गर्ने ठूलो रुपैयाँ नै नेपालको आम्दानी हो । सगरमाथा चढ्न निकै खर्चिलो भएपनि यसमा आरोहण गर्न चाहनेहरुको संख्यामा भने कमी आएको छैन । गतवर्ष मात्रै २९ देशका २८९ जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका थिए । ३ वर्ष अगाडि सन् २०१४ अप्रिल ५ मा यहि शिखर आरोहणकै क्रममा हिमपहिरोमा परि १६ जना आरोहिहरुको दुखद् निधन भएपछि त्यस यता सरकारले सगरमाथा आरोहण बन्द गरेको थियो । मे महिनाको १५ तारिख देखि हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ ।

विगत ७ वर्ष अगाडि देखि सगरमाथा आरोहणको अनुमती लिनेहरुको संख्या यस्तो छ । सन् २०१० मा २३७ जनाले अनुमती लिएका थिए । सन् २०११ मा २५१ जनाले अनुमती लिए । त्यस्तै २०१२ मा ३४१ जना , २०१३ मा ३४८ जना र सन् २०१४ मा ३२६ जनाले यसको आरोहण अनुमती लिए । त्यस्तै सन् २०१५ मा ३५७ ( यस वर्ष अनुमती लिएपनि कुनै पनि व्यक्तिले आरोहण गर्न भने पाएनन् ) र २०१६ मा २८९ जनाले सगरमाथा आरोहणको अनुमती लिएका थिए । यसवर्ष यसरी अनुमती लिनेहरुको संख्या ३६५ जना रहेको छ । यो इतिहासकै सबैभन्दा धेरै संख्या हो । गतवर्ष सगरमाथाका अतिरिक्त अन्य हिमश्रृंखलाहरुको पनि आरोहण अनुमती लिनेहरु थिए । जस अन्र्तगत ल्होत्सेका लागि ९ जना, माउण्ट मकालुका लागि ५ , नुत्सेका लागि ५ , धौलागिरी, मनास्लु र आमादब्लम हिमालका लागि ३ ÷३ जनाले अनुमती लिएका थिए ।
हिमालका साथै नेपालका अन्य पर्वत र पहाडहरुको अवलोकन र आरोहण गर्न पनि विदेशीहरु आउने गरेका छन् ।

अन्नपूर्ण पदयात्रा, लाङ्गटाङ्ग , माहाभारत तथा चुरेपहाडहरुको अवलोकन र अध्ययन गर्नका लागि आउने विदेशीहरुको संख्यामा पनि कमी आएको छैन । कतिपय ठाउँमा कृतिम रुपमा पनि पहाड जस्तो बनाएर त्यसमाथी रक क्लाइम्बिङ्ग गर्ने र गराउने पनि गरिएको छ । प्राकृतिक रुपमा हिलक्लाइम्बिङ्ग सम्भव नहुने ठाउँमा यस्तो तरिकाको कृतिम पहाड चढ्ने कार्यले पनि कतिपय विदेशीहरुलाई तान्ने गरेको छ । यसरी धेरै ठूलो अभिलासा बोकेर नेपाल आउने गरेका विदेशी पर्यटकहरुलाई हामीहरुले भने सोचे जस्तो वातावरण दिन सकेका छैनौं । हामीले उनीहरुलाई सुरक्षाको अनुभूती पनि पर्याप्त मात्रामा दिन नसक्दा कतिपय पर्यटकहरु लुटिएका पनि छन् । पर्यटक लक्षित पर्वतारोहणको तालिम र दक्ष जानकारहरु पनि हामीले पर्याप्त मात्रामा उपलब्ध गराउन सकेका छैनौं । उनीहरुका लागि यातायातको पनि उचित तरिकाले सुविधा दिन नसक्दा धेरै ठूलो जोखिम मोलेरै पैदल यात्रा गर्नेहरुको संख्या पनि धेरै छ । आरोहणका दौरानमा आउन सक्ने भैपरि समस्याहरु, दुर्घटना र यसबाट चोटपटक वा विरामी भएमा उपचारका लागि स्वास्थ्य शिवीरहरु संचालन गर्न सकेका छैनौं । यी मात्र होइन, मुख्य समस्या त हिमाल वा अन्य शिखरहरु आरोहण गर्दा आरोहीहरुले गर्ने गरेको फोहोरको पनि हामीले उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु अहिले निकै ठूलो चुनौती पनि भएको छ ।

यस्ता थुप्रै समस्याहरु भएपनि नेपालमा अहिले सम्म पर्वतारोहणमा जति प्रगती भएको छ त्यसलाई पनि सकारात्मक रुपमा नै लिनु पर्ने हुन्छ । आगामी दिनहरुमा नेपालका अन्य सम्भाव्यताहरुलाई खोतल्दै विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सरकार र यस माताहतका अन्य निकायहरु पनि सक्रियताका साथ लागि पर्नु पर्ने अहिलेको टड्कारो आवश्यकता हो । यसो गर्न सकिए मात्र नेपालको पर्वतारोहण व्यवसायले अहिले भन्दा निकै ठूलो प्रगती गर्न सक्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस