सवारी साधनहरुको आयातमा तत्काल प्रतिबन्ध लगाउन सकिँदैनः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन्। अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताएका हुन्।

अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताए। आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उनले आग्रह गरे। अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यूनतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धतासमेत जनाए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताए। उपाध्यक्ष ढकालले सरकारले अर्थतन्त्रलाई बलियो बनाउनको लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्नु पर्ने बताए।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा आज र भोलि दुई दिनसम्म हुनेछ । सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस