जाजरकोट दुर्घटना अपडेट : मृतक र घाइतेको सनाखत

काठमाडाैँ । जाजरकोटमा बस दुर्घटनामा मृत्यु भएका पाँच र घाइते २३ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा जाजरकोटको कुसे गाउँपालिका–९ जाजरकोटकी १८ वर्षीय अनिला नेपाली, रुकुम पश्चिमको आठाबिसकोट–५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठबिसकोट–४ का ४ वर्षीया दिव्या शाही र सप्तरी राजविराज नगरपालिका–१ का घर भएर जाजरकोटको दीपेन्द्र आधारभूत विद्यालयमा अध्यापन गरिरहेका ४० वर्षीय गंगाराम यादव रहेका छन् ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाका अनुसार दुर्घटनामा जाजरकोटको कुसे गाउँपालिका–९ की गीता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन घाइते भएका छन् ।

त्यस्तै, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार, नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री र सप्तरीका हिरनजित यादव पनि दुर्घटनामा घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री