भनाभनमै अगुल्टोले हान्दा मृत्यु, दोषी पक्राउ

काठमाडाैँ । बझाङको कुटपिटको कारण एककाे मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटको कारण मृत्यु भएको हाे ।

प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सोही ठाउँका दीपेन्द्र थापाले कुटपिट गर्दा उनको मृत्यु भएको छ । स्थानीय कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै थापाले कुटपिट गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हाे । कुटपिटमा संलग्न थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री