गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सम्झौता

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा सम्झौता भएको छ।

नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच न्यून आय भएका र सामाजिकरुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नका लागि बुधबार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो।

सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन्। यो कर्जा सम्झौतापछि विपन्न वर्गलाई बैकले सहुलियत दरमा बिनाधितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य