१५ औं वर्षमा प्रवेश गर्याे गरिमा विकास बैंक

गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश गरेको छ। बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले विभिन्न २१ जिल्लामा रहेका आफ्ना शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम गरेको जनाएको छ।

काठमाडौंमा सम्पन्न रक्तदानमा १ हजार १५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले ५ वटा नयाँ शाखा कार्यालय पनि सञ्चालनमा ल्याएको छ। निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै बैंकले एकैसाथ ५ वटा शाखा कार्यालयबाट कारोबार सुरु गरेको हो। बैंकले मोरङको पथरी, सुनसरीको झुम्का, ललितपुरको सातदोबाटो, काठमाडौंको माछापोखरी र बर्दियाको गुलरियाबाट एकसाथ कारोबार सुरु गरेको गरेको हो। यससँगै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ।

बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लामा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट बैंकिङ कारोबार गर्दै आएको जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री