ग्रेट वाल मोटर्सको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरुवात

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) दुई एसयूभीहरु – थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनकाे साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरुवात भएकाे छ । जिडब्लुएमकाे गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्सले उक्त ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेकाे जानकारी दिएकाे छ । साे क्याम्प मङसिर १४ गतेसम्म संचालन हुने कम्पनीले उल्लेख गरेकाे छ । यसका साथै क्याम्पमा सहभागि हुन ग्राहकले थापाथलीस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजे भित्र नि शुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने पनि कम्पनीले वताएकाे छ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ को एमआइ स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् भने यस क्याम्प अन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्नुकाे साथै आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज तथा सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । क्याम्पमा ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहने कम्पनीले वताएकाे छ ।

कम्पनीका अनुसार चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी हवाल ७० लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको कम्पनीले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री