नेप्से परिसूचक ३.२२ अंकले ओरालो लाग्याे

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ।

आज नेप्से ३.२२ अंकले ओरालो लागेको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ। सेन्सिटिभ इन्डेक्स ०.४५ अंकले बढेर ५१५.६५ अंकमा बन्द भएको छ।

आज बजारमा ७४ लाख ८६ हजार ५५७ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँ ९० पैसाको कारोबार भएको छ।

यो कारोबार रकम अघिल्लो दिनको तुलनामा गिरावट भएको भएको हो। बुधवार ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँ ५२ पैसाको कारोबार भएको थियो।

आज नेप्सेमा २३३ कम्पनीको सेयर कारोबारमा आएकोमा ६१ कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको सेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै आज १३ वटा मध्ये १० वटा उपसमूहमा रातो पोतिएको छ। आज सबैभन्दा बढी कमाउनेमा अन्य उपसमूह ०.९१ प्रतिशत, होटल ०.७६ प्रतिशत रहेको छ । सबैभन्दा बढी गुमाउनेमा व्यापार उपसमूह १.४४ प्रतिशत रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस