बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाकाे मृत्यु

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ।

बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ।

आइतबार राति साढे आठ बजेतिर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस