काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये आइतबार चारजना र सोमबार चार जनालाई सकुशल उद्धार गरिएको थियो ।गुफामा फसेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।
मङ्गलबार पनि भारी वर्षा जारी छ । गए रातिदेखिको अविरल वर्षाका कारण गुफाभित्रको पानीको सतह थप बढेको छ । यसले गर्दा आजको उद्धारको काम पनि निकै कठिन हुने अधिकारीहरुले बताएका छन् । गुफामा फसेकालाई उद्दारका लागि ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् ।
आइतवार पहिलो दिन उद्धार गरेर सकुशल निकालिएका चारजना बालकलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरुलाई आफ्ना आमाबुबालाई भेट्न पनि दिइएको छैन । फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १६ दिनदेखि त्यहाँ फसेका थिए ।
प्रतिकृया दिनुहॊस