१८ औँ एसियाली खेलकुद : समूह चरणको ड्र सार्वजनिक

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको हो ।

नेपाल रहेको समूह डी मा जापान, पाकिस्तान र भियतनाम रहेका छन् । एसियाली खेलकुदमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।

एसियाली खेलकुदमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनिका खेलाडीहरु खेल्न पाउँछन् । प्रत्येक टोलीमा बढीमा तीन खेलाडी बढी उमेरका राख्न पाइन्छ ।

पुरुष फुटबलको ड्र

समूह ए

आयोजक इण्डोनेसिया
हङकङ
लाओस
चाइनिज ताइपेई

समूह बी 

थाइल्याण्ड
उज्वेकिस्तान
बंगलादेश
कतार

समूह सी 

इराक
चीन
पूर्वी टिमोर
सिरिया

समूह ई 

दक्षिण कोरिया
कीर्गिस्तान
मलेसिया
बहराइन

समूह एफ

उत्तर कोरिया
साउदी अरब
इरान
म्यानमार

६ समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । त्यस्तै समूहमा तेस्रो भएका ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् ।

एसियाली खेलकुदको महिलातर्फको खेलतालिका पनि सार्वजनिक गरिएको छ । सहभागी ११ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन ।

महिला फुटबलको ड्र

समूह ए 

आयोजक इण्डोनेसिया
दक्षिण कोरिया
चाइनिज ताइपेई
माल्दिभ्स

समूह बी

उत्तर कोरिया
चीन
हङकङ
ताजिकिस्तान

समूह सी 

जापान
भियातनाम
थाइल्याण्ड

समूह ए र बी का शीर्ष तीन तथा समूह सी का शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । महिला फुटबल प्रतियोगिता अगष्ट १६ देखि ३१ सम्म सञ्चालन हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री