अजोड इन्स्योरेन्सले शुरु गर्यो व्यवसायीक कारोबार

काठमाडौं । नेपाली बीमा बजारमा अर्को नयाँ निर्जीवन बीमा कम्पनी थपिएको छ। निर्जीवन बीमा व्यवसाय गर्न अजोड ईन्स्योरेन्स लिमिटेडले आजबाट विधिवत रुपमा कारोबार आरम्भ गरेको छ ।

कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात् आजबाट कम्पनीको कर्पोरेट कार्यालय सिटिसि मल, सुन्धाराबाट सेवा शुभारम्भ गरेको छ ।

कम्पनीका अध्यक्ष बिनोद बिष्टले सबै संस्थापक सेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पुँजी बृद्धि गरिएको इन्स्योरेन्सले जनाएको छ ।

यस कम्पनीले नेपाली बीमा बजारमा विभिन्न प्रकारका निर्जीवन बीमा सेवा सहित निकट भविष्यमा ग्राहकको आवश्यकता पहिचान गरी नयाँ बीमा योजनाहरु ल्याउने निर्णय गरेको छ । साथै, देशैभर शाखा सञ्जाल मार्फत् आफ्नो सेवा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री