बढ्यो शेयर बजार

काठमाडौं । निरन्तर घटिरहेको बजारमा साताको अन्तिम दिन आज सेयर बजार मापक सूचक नेप्से ३ प्रतिशतले बढेको छ । पछिल्लो समय लगातार ओरालो लाग्ने गरेको सेयर बजार आज ३६ दशमलव ०१ अंकले वृद्धि भएको छ ।

कूल १६८ कम्पनीको सेयर कारोबार भएको बजारमा १४७ कम्पनीको सेयरमूल्य बढेको छ । ११ कम्पनीको सेयरमूल्य भने घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

१ हजार १ सय ८८ दशमलव ४० को बिन्दु भएको सेयर कारोबार ३६ दशमलव ०१ अंकले वृद्धि भएर १२२४ दशमलव ४१ को विन्दुमा आइपुगेर बन्द भएको छ । हिजो ८ दशमलव ०४ अंकमात्रै नेप्से परिसुचकमा वृद्धि भएको छ ।

सेयर बजार बढेसँगै आज कारोबार रकममा समेत वृद्धि भएको छ । हिजो २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँ कारोबार भएको सेयर कारोबार बढेर आज ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ ।

युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताहरुले सवार्धिक कमाएका छन् । जसको शेयर मूल्य १० प्रतिशतले कमाएको छ । त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर ९दशमलव ९६ प्रतिशतले र युनाइटेड मोदी हाइड्रोको शेयर ९ दशमलव ०९ प्रतिशतले बढेको छ ।

त्यस्तै यस दिन सर्वा्िधक गुमाउनेमा भने रैराङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव २७ प्रतिशतले घटेका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस