बंगलादेशसँग उर्जा सहकार्य सम्झौता गर्दै सरकार

काठमाडौं । भारत र चीनसँग मात्र उर्जा सहकार्यसम्वन्धी सम्झौता गरेको नेपालले अब बंगलादेशसँग पनि उर्जा सहकार्य सम्झौता गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पत्र पठाएको छ ।

करिब ६ महिना अघि पत्र पठाएको थियो । तर, बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुनः पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार करिब २ वर्ष अघि नै बंगलादेशसँग उर्जा सहकार्य सम्झौताको प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद्ले बंगलादेशसँग गर्ने सम्झौतालाई पास गरिसकेको छ भने दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको छ ।

यो सम्झौता भएसँगै दुई देशबीच उर्जासँग सम्बद्ध संयन्त्र बन्छ भने विद्युत खरिद सम्झौताको लागि बाटो खुल्नेछ । साथै बंगलादेशी लगानीकर्ताको लागि पनि सहज हुन्छ । बंगलादेशमा उर्जाको ठूलो माग रहेको छ । नेपालमा उत्पादन भएको बिजुली पुर्‍याउन सके दुवै देशलाई नै फाइदा पुग्न सक्ने देखिन्छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

चेपाङबस्तीमा ‘बिजुली बत्ती’ पुग्यो, निःशुल्क पाए मिटर

काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण …

प्रतिकृया दिनुहॊस