काठमाडौं । केही दिन घटेको सुन आज फेरी बढेको छ । आज सुन प्रति तोला ४ सय रुपैयाँले बढेको छ भने चाँदी स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ५७ हजार २ सय रुपैयाँ थियो ।
यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी आज चाँदी रु ७ सय ६० रुपैयाँ मै कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




