असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन

काठमाडौं।एक्सेल डेभलपमेन्ट बैंकले  १०ः३ को अनुपातमा असोज २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरको २४ करोड ३३ लाख ३६ हजार ३३७ रुपैयाँ बराबरको २४ लाख ३३  हजार ३६३.६७ कित्ता हकप्रद निष्काशन गर्ने भएको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि बुक क्लोज गरेको छ ।  भदौ ३१ गतेसम्म कायम बैंकका सेयरधनीहरुले  हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरमा  आउँदो कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ ।एक्सेल डेभलपमेन्ट बैंकको  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री