ग्यास्ट्रिकका समस्या भएकालाई नर्भिकमा फ्री ओपीडी

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत आउने शनिबार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन गर्ने भएको  छ।

शनिबारनर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने  हस्पिटलले जनाएको छ ।
निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।

निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१–५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस