बैतडीमा एक जना मृत भेटिए, हत्याको आशंका

काठमाडाैँ । बैतडीमा एक जना व्यक्ति मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए । स्थानीयले महराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् ।

प्रहरी नायब उपरीक्षक पालले मृतकको टाउकोमा चोट लागेको देखिएको बताउँदै घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको जनाए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल प्रहरीका २० एसएसपीको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २० जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ। जनपद प्रहरी समूह तर्फका २० जना एसएसपीको सरुवा गरिएको हो । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरीको प्रधान कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति जारी गर्दै सरुवा गरेको हो ।

प्रतिकृया दिनुहॊस