रमेशकुमार केसी कृषि विकास बैंकको संचालक समितिको सदस्यमा नियुक्त

काठमाडौँ । नेपाल सरकार मन्त्रीस्तरको निर्णयानुसार कृषि बिकास बैंकको संचालक समितिको संचालक सदस्यमा रमेशकुमार केसी नियुक्त भएका छन् ।

नवमियुक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य रमेशकुमार केसीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा. हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री