प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ। यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा सोही अवधिमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३ मध्ये विराटनगरमा १७, इलाममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश १ मा साेमबार २७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस