काठमाडौं । नेपाल प्रहरी संगठनकै इज्जत धानेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पछिल्लो महिना सूताएको छ । अर्थात् ब्यूरोले ठूला अपराधका घटनाहरुको अनुसन्धान गर्न सकेका छैनन् ।
यही बेला सीआईबीलाई झन् कमजोर बनाउने गरी गृह मन्त्रालयले एउटा योजना अघि सारेको छ । सीआईबी जस्तै ठूलो घटनाको अनुसन्धान गर्न अर्को निकाय गृहमन्त्रालयमै स्थापना गर्न लागिएको छ ।
डिआईजीको नेतृत्वमा मन्त्रालयमै रहने गरी एउटा संरचना गठन गर्न लागिएको स्रोत बताउँछ । यसका लागि गृहमन्त्रीका सल्लाहकार सूर्य ‘पाथित’ले गृहसचिव प्रेमकुमार राईलाई दवाव दिइरहेका छन् । केही मिडियामा समेत सुवेदीले यसबारेमा बोलिसकेका छन् ।
प्रहरी अधिकारीहरुले भने गृहको यो कदमलाई आश्चर्यको साथ हेरेका छन् । यसले प्रहरी संगठनलाई कमजोर बनाउने उनीहरुको भनाई छ । यो खबर आजको दृष्टि साप्ताहिकमा छ ।
प्रतिकृया दिनुहॊस