फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले बताएको छ । बेलायती रक्षामन्त्री बेन वालेन्स र फ्रेञ्च रक्षामन्त्री फ्लोरेन्स पार्लेबीच यसैसाता लण्डन तय भएको वार्तामा नबस्ने घोषण फ्रान्सले गरेको हो ।

त्रिदेशीय सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससंग सन् २०१६ मा ३७ अर्ब डलरमा १२ वटा पनडुब्बी किन्ने सहमति तोडेपछि फ्रान्स क्रुद्ध बनेको हो। सुरक्षा सहमति अनुसार अब अष्ट्रेलियाले अमेरिकी पनडुब्बी खरिद गर्ने छ ।

उक्त सम्झौतालाई फ्रेञ्च विदेशमन्त्री जाँयब्स ल दरियनले पछाडिबाट गरिएको छुरा प्रहारको संज्ञा दिएका छन् । परिणातः फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाएको छ । उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने फ्रान्सको सट्टा अमेरिकासँग पनडुब्बी किन्ने निर्णयको बचाऊ गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस