काठमाडाैँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया गुनमाया राईको लडेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मिक्लाजुङकै आइतबारेबाट घरतर्फ फर्कदै गर्दा राति ९ बजेतिर लडेकी गुनमायाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहॊस