दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

काठमाडौं  ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्दति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याजदरसहितको आकर्षक स्किम सार्वजनिक गरेको छ ।

बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।

दशैंको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ  । सांग्रिला डेभलपमेन्ट बैंकको व्यक्तिगत मुद्दति खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउनेछन् ।

यसका साथै बैंकले  संस्थागत मुद्दतिमा पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस