रोल्पा । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किएर आएको पहिरोले पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ ।
पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका–५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर घर पुरिँदा आयुुसा र चित्राको घटना स्थलमै मृत्यु भएको थियो भने सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस