एसियन कप–२०२२ छनोटका लागि नेपाली महिला फुटबल टिम उज्वेकिस्तानमा

एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेका छन्। नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको ताश्केन्त पुगेको हो।

उज्वेकिस्तान पुगेपछि नेपाली टोलीको कोभिड–१९ को पीसीआरको लागि स्वाब संकलन गरिएको छ। पीसीआरको रिपोर्ट नआएसम्म नेपाली टिम होटलमा क्वारेन्टिनमा बस्ने छन्।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ (असोज २) मा खेल्दै छनोटको सुरुवात गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर २१ (असोज ५) मा हङकङको सामना गर्नेछ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस