ब्राउन सुगर सहित झापाबाट एक जना पक्राउ

झापा ।झापाको  अर्जुनधारा नगरपालिका ९ खरवन्दी बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् ।
आइतबार दिउसो  लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीमाथि   थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री