दाजुको हत्या अभियोगमा भाई पक्राउ

झापा । झापामा आफ्नै दाजुको हत्या गरि फरार रहेका  कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान कचनकवल गाउपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्था फेला परेका थिए  उनको  हत्याको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले आइतबार  राती  मेचीनगर १५ बाट मार्तल सहित पक्राउ गरेको  प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री