काठमाडौं । ग्लोबल आइएमई बैंकले काभ्रेको एक बिद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे रोसी गाउँपालिका ९ मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई बैंकले ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको हो । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु हस्तान्तरण गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठको उपस्थितिमा ग्लोबल आइएमई बैंक लि। कि सहायक महाप्रबन्धक आरती राणाले कम्प्युटर हस्तान्तरण गरिन् ।
७२ सालको भुकम्पबाट अति प्रभावित बनेको काभ्रे जिल्लाको श्री मंगल जन विजय माध्यमिक विद्यालयले भुकम्प अगाडी आफ्ना बिद्याथीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आइरहेकोमा भुकम्पले गर्दा उक्त बिद्यालयका सम्पूर्ण कम्प्युटरहरु क्षति भएका कारण विद्यालयले कम्प्युटर शिक्षा प्रदान गर्नबाट बञ्चित भएको थियो ।
भुकम्प पश्चात आफ्ना बिद्याथीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न असमर्थ रहेकोमा ग्लोबल आइएमई बैं लि।को सहयोग पश्चात उक्त शिक्षा निरन्तरता दिन विद्यालय सफल भएकोमा बिद्यालयका प्रधानध्यापक बासु थापाले ग्लोबल आइएमई बैंक प्रति आभार व्यक्त गरे ।




