नेपाल बैंकको एफपिओ बिक्रि खुल्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले आजबाट १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयरको थप सार्वजनिक निष्काशन (एफपीओ) सार्वजनिक गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार आठ सय ८५ कित्ता एफपिओ निष्कासन गरेको हो ।

बैंकले आजबाट १९ गतेसम्मका लागि एफपीओ निष्कासन गरेको हो । यो समयमा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा बढीमा ३० दिनसम्मको समय दिएर शेयर आवेदन गर्न लगाउने बैंकले जानकारी दिएको छ ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले हो ।

न्युनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत ननाघ्ने गरी आवेदन दिन पाउने छन् ।

बैंकले एफपिओ निष्कासन गरेसँगै संस्थापक सेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँ र सर्वसाधारणको ४९ प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ गरि ९ अर्ब ८१ करोड रुपैया पुग्नेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस