सूर्यविनायक नगरपालिकाको बजेट ७६ करोड ४५ लाख

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि ७६ करोड ४५ लाख बजेट सर्वसम्मतले पारित गरेको छ ।

नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुृख वासुदेव थापाले नगर सम्मेलनले चालू आ.ब. ०७४/०७५ भन्दा आउँदो आ.ब.मा ४३ प्रतिशत बजेट बृद्धि गर्दै पारित सो बजेट सार्वजनिक गरेका हुन् ।

आ.ब. ०७५/०७६ को लागि आन्तरिक आय र राजस्व बाँडफँड गरि रु. २७ करोड २४ लाख ६५ हजार तथा नेपाल सरकारबाट समानिकरण र शसर्त अनुदान गरि रु. ४९ करोड २० लाख ६२ हजार गरि कूल रु. ७६ करोड ४५ लाख २७ हजारको बजेट सार्वजनिक गरेका हुन् ।

जसमा पूजीगत तर्फ रु. ३७ करोड २० लाख ८४ हजार र चालू तर्फ ३९ करोड २४ लाख ४३ हजार बजेट विनियोजन गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री